मंगलवार, २८ आश्विन, २०८२

विश्वकपमा छनोट नेपाली राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने क्यानको निर्णय।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २० कार्तिक, २०८०

विश्वकपमा छनोट नेपाली राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने क्यानको निर्णय।

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी-२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टीमका खेलाडीहरुलाई  ५० लाख नगद पुरस्कारबाट सम्मान गर्ने बताएको  छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपालमा  भर्खरै सम्पन्न भएको  क्रिकेट खेलमा  अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएका नेपाली टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको बताइएको  छ ।

 

त्यस्तै यु-१९ टोलीका सदस्यलाई जनही ५० हजारका दरले नगद पुरस्कार  दिइने तथा  मलेसियामा सम्पन्न एसीसी यु-१९ प्रमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको युवा टोलीलाई नगदसहित सम्मान गरिने क्यानले  बताएको छ। 

 

त्यस्तै हङकङमा आयोजना हुने चार देश सम्मलित महिला टी-२० आई सिरिजमा राष्ट्रिय महिला क्रिकेट टोलीको सहभागिता हुने भएको छ। एसिया छनोटको फाइनमा संकलित कूल रकमको ५० प्रतिशत भुकम्प पीडितको उद्धारका लागि सहयोग गर्ने निर्णयसमेत भएको  बताइएको छ। 

advertisement_1676553908.gif