बिहीबार, २८ फाल्गुन, २०८२

बैतडी जिप दुर्घटना अपडेट: ३ जनाको मृत्यु, ६ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ पुष, २०८२

बैतडी जिप दुर्घटना अपडेट: ३ जनाको मृत्यु, ६ जना घाइते

२०८२ पुष २८, काठमाडौँ । बैतडीको साणिघाटिमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुर्नयाबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २१४ नम्बरको जिप दुर्घटना परेको हो ।

पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु भएको र ६ जना घाइतेको उद्धार गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, “दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन।”

जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन। अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

advertisement_1680627706.gif