राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ चैत्र, २०८१
३० चैत्र २०८१, झापा । आज दमकमा हुने विशाल जागरण सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्न ओली झापा जान लागेका हुन् ।
ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ।
जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयंसेवक परिचालन गरिएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ।