आईतवार, ३१ जेष्ठ, २०८३

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ जेष्ठ, २०८३

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना

२०८३ जेष्ठ २१, काठमाडौं । हाल नेपालको पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल, बाँकी पहाडी भू–भागमा आंशिक बादल र तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

advertisement_1676553908.gif