राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ जेष्ठ, २०८१
काठमाडौं, जेठ २८ । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । विश्वकपमा सहभागी हुन क्रिकेटर लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।
सचिव पारस खड्काले विज्ञप्ति जारी गरेर वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।
उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।