शनिबार, ३० असार, २०८१

advertisement_1712329002.jpg

जलवायु परिर्वतनका कारण नेपाल भोगेको समस्या समाधानमा सहयोग गर्ने; महासचिव गुटेरेस

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ कार्तिक, २०८०

जलवायु परिर्वतनका कारण नेपाल भोगेको समस्या समाधानमा सहयोग गर्ने; महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने बताए ।

नेपालको संघीय संसदको दुबै बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले, आफूले नेपाल भ्रमणका क्रममा धेरै कुरा नजिकबाट देखेको र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई सहयोग पुग्ने गरी भूमिका खेल्न तयार रहेको बताए ।

उनले नेपाल भ्रमणका क्रममा आफूले पाएको आतिथ्यताप्रति आफू निक्कै प्रभावित भएको भन्दै अवसरका लागि सरकारलाई धन्यवाद दिए ।
उनले भने ‘ जलवायु परिवर्तनमा नेपालले जे भोगिरहेको छ । त्यसमा सहयोगका लागि अगाडि बढाउन प्रतिबद्ध भए ।

त्यस्तै उनले इजरायल आक्रमणमा ज्यान गुमाएका परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै र कब्जामा रहेका विपिन जोशीको रिहाका लागि ध्यानाकर्षण गराए ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्दै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताएद्। 
संयुक्त राष्ट्रसंघ र नेपाल पुरानो साथी भएको बताउँदै उनले थप सहयोग र सहकार्यको अपेक्षा गरे ।

advertisement_1676551646.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg