सोमबार, ११ जेष्ठ, २०८३

लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

२०८३ जेष्ठ ११, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको यस नीति तथा कार्यक्रममा मुख्य रूपमा प्रदेशको समग्र विकास र सुशासनलाई जोड दिने तयारी गरेको छ ।

यसका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि र पर्यटन क्षेत्रको आधुनिकीकरण तथा पूर्वाधार विकास जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको सचिवालयले जनाएको छ ।

advertisement_1676551537.gif