मंगलवार, ९ भाद्र, २०८३

परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता

२०८३ भदौ ०८ काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्रमन्त्री शिशिर खनालसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने, निर्धारित लक्ष्य हासिल गर्ने र प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित सम्झौता गरिएको हो ।

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख, महानिर्देशक तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशकले पनि परराष्ट्र सचिव राईसँग आ–आफ्नो वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

advertisement_1680627680.gif