राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ असार ०७, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चितवन पुगेका छन् ।
उनी केहीबेरअघि मात्रै परिवारसहित भरतपुर विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शाह आफैँले छोरीलाई काखमा बोकेका तस्बिर र दृश्यहरू देखिएका छन् ।
आज अपराह्न भव्य रूपमा सुरु हुने रास्वपाको यस ऐतिहासिक महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटन समारोहमा देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले उपस्थित भएर शुभकामना मन्तव्य राख्नेछन् । यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन र शुभकामना दिन चितवनतर्फ प्रस्थान गरिसकेका छन् ।