शुक्रबार, ५ असार, २०८३

राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

२०८३ असार ०५, काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।

विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (पाली वा अङ्ग्रेजी), जन्म मिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।

advertisement_1676553908.gif