शुक्रबार, २६ बैशाख, २०८२

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमण।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ आश्विन, २०८०

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह  हमासको  आक्रमण।

काठमाडौँ। प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ।शनिवार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।त्यस क्रममा हालसम्म ७० जना इजरायलि  र १९८ जना प्यालेस्टिनीहरू मारिएको खबर बीबीसी ले बताएको छ । 

 

त्यस्तै ७०० भन्दा बढी इजरायलि हरू घाइते भएको विवरण छ।केही नेपालीहरू घाइते भएको खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीले बताएको छ।
                   

  उक्त आक्रमणमा नेपाली पनि परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएका छन्, २ को अवस्था गम्भीर छ। १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा पनि आक्रमण हुँदा सो घटना भएको मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ। क्षतिको अरू विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ। नेपालीले काम गर्ने फार्म गाजा क्षेत्रनजिकै थियो। 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif