राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ भदौ ०८ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ८ करादीबाट वडा ९ को साङलियातर्फ जाँदै गरेको जीप सोमबार बेलुका दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने १५ जना घाइते भएका छन् ।
करादीबाट साङ्लियातर्फ जाँदै गरेको ग १ज ६५३४ नम्बरको जीप उकालो घुम्तीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिए ।
घटनास्थलमा मृत्यु हुने गल्याङ नगरपालिका ८ बस्ने २५ वर्षिय निशा पचभैया र वडा न ९ बस्ने ६० वर्षिय यम बहादुर बिक रहेका छन् ।
साँझको समयमा दुर्घटना भएकाले घटनाको प्रारम्भिक विवरण मात्र प्राप्त भएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।