शनिबार, ३ फाल्गुन, २०८१

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना; एकको मृत्‍यु, १२ घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १६ बैशाख, २०८१

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना; एकको मृत्‍यु, १२ घाइते

गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना भएको छ। रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको हो।

जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्‍मीले जनाएको छ।

दुर्घटनामा परि घाइते हुनेहरूमा सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षीय कृष्ण थापा, ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भुपेन्द्रदेव खप्तरी (थापा), ५३ वर्षीय पदम बहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ६ वर्षीय चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २९  वर्षीय शंकर विक घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलका अनुसार जिप सडकबाट करिब ४० मिटर तल खसेको थियो। 

घाइतेमध्ये चारजनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ। अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif