शुक्रबार, १८ बैशाख, २०८३

रुपन्देहीमा माइक्रो र ईभी ठोक्किँदा २ जनाको मृत्यु, २७ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ बैशाख, २०८३

रुपन्देहीमा माइक्रो र ईभी ठोक्किँदा २ जनाको मृत्यु, २७ जना घाइते

२०८३ बैशाख १६, काठमाडौं । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।

उनीहरूको साथमा भएको कागजअनुसार पदम रायमाझी र रानीकुमारी खत्रीको मृत्यु भएको प्रहरीको भनाइ छ । ठेगाना भने खुलेको छैन ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

advertisement_1676551537.gif