शुक्रबार, २९ जेष्ठ, २०८३

यस्तो देखियो विश्वकप-२०२६ को उद्घाटन समारोह (तस्बिरस‍हित)

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

यस्तो देखियो विश्वकप-२०२६ को उद्घाटन समारोह (तस्बिरस‍हित)

२०८३ जेष्ठ २९, काठमाडौं । विश्वकप २०२६ सुरू भएको छ। गएराति मेक्सिको सिटी स्टेडियममा विश्वकप २०२६ को उद्घाटन भएको हो ।

उद्घाटनमा मेक्सिको सिटी स्टेडियम उत्सवमा झुम्यो। उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए ।त्यसपछि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल भयो। खेलमा सहआयोजक टोलीले विजयी सुरूवात गर्‍यो। उसले २-० गोलले दक्षिण अफ्रिकालाई हरायो ।

खेलमा तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड खाएर मैदान छाडे भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाए ।

अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ। अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ।

उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाटन गर्नेछ ।  

 दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ ।

advertisement_1676553851.gif