शुक्रबार, ५ असार, २०८३

१० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

१० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२०८३ असार ०५, काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।

छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ  । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1676551537.gif