बिहीबार, १४ मंसिर, २०८०

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३१ जेष्ठ, २०८०

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो।

काठमाडौँ। बुधबार नेप्से परिसूचक तिब्र उतार चढाव बीच २०३७ मा  बन्द भएको छ।२०२० अंकबाट खुलेको सेयर बजार दिउँसो १ : ३५ बजे २०६६ अंकसम्म पुग्यो । त्यसपछि बजारमा बिक्रीकर्ताको चाप बढ्न थाल्यो र २ : ५० बजे २०१६ अंकसम्म झरेर रातो बन्यो।  त्यसैगरी, यस नि सेन्सेटिभ इण्डेक्स ३.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७५ स्टकको ७९ हजार ४६१ पटकको कारोबारमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खप्तड लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.६२ प्रतिशत घटेको छ।

 

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खप्तड लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.६२ प्रतिशत घटेको छ।


पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिएको हो।यस दिन नेप्से परिसूचक १६.४२ अंक बढेर २०३७.०६ विन्दुमा पुगेको छ। 

 

advertisement_1680627706.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg