शनिबार, १९ आश्विन, २०८१

advertisement_1712329002.jpg

नेप्से परिसूचक पुग्यो छ महिना कै उच्च विन्दुमा।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ असार, २०८०

नेप्से परिसूचक पुग्यो छ महिना कै उच्च विन्दुमा।

काठमाडौँ। आज नेप्से परिसूचक उच्च विन्दुमा पुगेको छ।यो झन्डै छ महिना यताको उच्च बिन्दु हो।यस दिन नेप्से परिसूचक ५६.९४ अंक बढेर २१८६.३६ विन्दुमा पुगेको छ।

यस अघि गत माघ २६ गते नेप्से परिसूचक २१८२.६३ विन्दुमा पुगेको थियो।सोपश्चात यसै दिन नेप्से सो उचाइमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ प्रतिशत बढेको छ।यस दिन २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्।

त्यसैगरी, अन्य १० स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।यस दिन ३७ स्टकको मूल्य घटेको छ।यद्यपि, स्टकहरुको मूल्य गिरावट दर भने कम रहेको छ। यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३.८८ प्रतिशत घटेको छ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg