बिहीबार, १४ मंसिर, २०८०

राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा के छ ? (पूर्णपाठ)

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ७ श्रावण, २०८०

राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा के छ ? (पूर्णपाठ)

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो।

बजेटले आर्थिक वर्ष २०८०÷८१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ ।आर्थिक वर्ष २०७९÷८० मा मुद्रास्फीति ७ प्रतिशतभित्र कायम राख्ने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएकोमा २०८० जेठसम्मको औसत मुद्रास्फीति ७.७७ प्रतिशत रहेको छ । २०८० जेठमहिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको नेपाल राष्‍ट्र बैंकले जनाएको छ।

गर्वनर महाप्रसाद अधिकारीका अनुसार मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा रहेको भारित औसत अन्तरबैंक ब्याजदरलाई ५.५ देखि ८.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखिएकोमा वार्षिक औसत अन्तरबैंक ब्याजदर ७.१३ प्रतिशत कायम भएको बताए।

हेर्नुस् गभर्नर महाप्रसाद अधिकारीद्वारा सार्वजनिक मौद्रिक नीतिको पूर्णपाठ
https://drive.google.com/file/d/1nB5abTTshRjSr_-QIA7A0cysW_GMSho5/view?pli=1

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg