शुक्रबार, २९ जेष्ठ, २०८३

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ २९, काठमाडौं । नेपाली बजारमा हप्ताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य एकैदिन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर प्रति तोला २ लाख ९२ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

यसअघि बिहीबार बजारमा सुनको मूल्य प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रति तोला ४ हजार ६५० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको व्यवसायीहरूले बताएका छन् ।

advertisement_1680627706.gif