मंगलवार, ९ भाद्र, २०८३

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

२०८३ भदौ ०८ काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३२ सयले बढेर तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।

advertisement_1676551537.gif