आईतवार, २९ भाद्र, २०८२

सेयर बजारमा उत्साह ९२ अंकले बढ्यो शेयर बजार।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ चैत्र, २०७९

सेयर बजारमा उत्साह ९२ अंकले बढ्यो शेयर बजार।

काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थाहरूले बैशाख देखि  ब्याजदर घटाउने निर्णय गरेपछि सेयर बजारमा उत्साह पैदा भएको थियो । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर एकल अंकमा घटाएका छन् भने वित्त कम्पनीहरूले पनि मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएका छन् । केही समयदेखि लगानीकर्ताले ब्याजदर घटाउनुपर्ने माग गर्दै आएकाले यो निर्णयले बजारमा सकारात्मक प्रभाव पारेको विज्ञहरू बताउँछन् ।ब्याजदर घटेको दिन नेप्से परिसूचक ४ दशमलव ९३ प्रतिशत अर्थात ९२ दशमलव २२ अंकले बढेर १९६३ दशमलव ५५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, र सेन्सेटिभ फ्लोट इन्डेक्स जस्ता अन्य सूचकाङ्कहरूले पनि वृद्धि भएको अनुभव गरेको छ। कारोबार रकममा पनि सुधार आएको छ भने २६७ वटा स्टकको ४७ हजार २८५ कारोवारमा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको ६१ लाख ७ हजार कित्ता खरिद–बिक्री भएको छ ।यस दिन सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, आदर्श लागुभिट्टा, खप्तड लागुभिट्टा, कालिञ्चोक दर्शन र गणपति लागुभिट्टा गरी सात वटा शेयरको मूल्य सकारात्मक सर्किटमा कारोबार भएको छ । यसबाहेक अन्य नौ वटा शेयरको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर, यस दिन तीनवटा ऋणपत्रको मूल्य घटेको छ ।

यस दिन सबैभन्दा बढी शिवम् सिमेन्टको ११ करोड ७१ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो । एनआईसी एशिया र हिमालयन डिस्टिलरीले पनि धेरै शेयर खरिद बिक्रि गरे । बजारका सबै १३ उप-समूहहरूको वृद्धि देखियो , वित्त उप-समूह सूचकांक लगभग 7 प्रतिशतले बढेको छ।

लघुवित्त, बैंकिङ तथा विकास बैंक उपसमूह परिसूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ भने जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

advertisement_1676553908.gif