शनिबार, ३० फाल्गुन, २०८२

रास्वपाको सचिवालय बैठक आज बस्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

रास्वपाको सचिवालय बैठक आज बस्ने

२०८२ फागुन ३०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज (शनिबार) बस्ने गरि बलाइएको हो ।

सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक शनिबार बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने सभापति लामिछानेको स्वास्थ्य अवस्था हेरेर छिट्टै सूचित गरिने उनले बताए ।

बैठकको कार्यसूचीमा समानुपातिक सांसदको नाम सिफारिस र विधि रहेको प्रवक्ता झाले जानकारी दिए ।

advertisement_1676553851.gif