सोमबार, ४ कार्तिक, २०८२

हास्य कलाकार 'राजु मास्टर' ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३२ जेष्ठ, २०८०

हास्य कलाकार  'राजु मास्टर' ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाण्डौं। लोकप्रिय हास्‍य कलाकारहरू राजु पौडेल 'राजु मास्टर', मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, बेगम नेपाली 'भटभटे' , पवन खतिवडा 'म्याकुरी' पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार हिजो बुधवार बेलुका उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो। पक्राउ पर्नेमा कलाकार, युट्युबर, टिकटक प्रयोगकर्ता लगायत रहेका छन् ।

प्रकाउ पर्नेमा जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार बल्छी ध्रुवे मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय (म्याकुरी)पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन्।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर (जलन), मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्।

यसअघि हिजै दिउँसो प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना एजेन्टहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ ।

advertisement_1676551646.gif