राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२
२०८२ फागुन २१, झापा । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन्।
मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ। मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।