राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२
२०८२ फागुन २२, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का की रञ्जु दर्शना विजयी भएकी छन् ।
रञ्जु दर्शनाले १४ हजार ५५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोस्रोमा कांग्रेसका प्रबल थापाले ६ हजार ५५ मत प्राप्त गरेका छन् ।
यसैगरी, राप्रपाले रवीन्द्र मिश्रले ३ हजार ७५४ र एमालेका मोहनराज रेग्मीले १ हजार ४६१ प्राप्त गरेका छन् ।
अब यहाँ समानुपातिकतर्फको मत गणना शुरू हुनेछ ।