शनिबार, ३० फाल्गुन, २०८२

कर्णालीमा ५२ प्रतिशत मत खस्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

कर्णालीमा ५२ प्रतिशत मत खस्यो

२०८२ फागुन २१, सुर्खेत । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो ।

कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेदवार मैदानमा छन् । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमा ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार साँझ ५ बजेसम्म पाँच लाख ४५ हजार ५७६ मत खसेरको छ । कर्णालीमा जम्मा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । यहाँको हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन् । १५ हजार ९ सय ५६ मत खसेको जनाइएको छ ।

सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याइृने छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिने र मतपेटिका संकलन भएपश्चात आजै मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

advertisement_1676553851.gif