राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२
२०८२ फागुन २१, पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङमा कुल ५६ दशमलब ४५ प्रतिशत मत खसेको छ । ११ हजर ३ सय २८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको हो ।
३ हजार १ सय ७० महिला, ३ हजार २ सय २६ पुरुष तथा १ जना अन्य मतदाताले मतदान गरे । मुस्ताङमा मौन अवधीको समयमा केही विरोध भएपनि निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
मतदान सकिएसँगै सबै केन्द्रबाट मतपेटिकाहरू मतगणना स्थलतर्फ ल्याउने तयारी भइरहेको ज्ञवालीले बताए।