शनिबार, ३० फाल्गुन, २०८२

पाल्पामा २३ जना उम्मेदवारको जमानत जफत

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ फाल्गुन, २०८२

पाल्पामा २३ जना उम्मेदवारको जमानत जफत

२०८२ फागुन २६, पाल्पा । पाल्पामा पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारहरूको जमाानत जफत भएको छ । पाल्पा-१ मा १३ र पाल्पा-२ मा १६ गरी २९ जना उम्मेदवारहरूमध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पा-२ मा पूर्वमन्त्री साेमप्रसाद पाण्डेयदेखि स्वतन्त्र उम्मेदवारकाे समेत जमानत जफत भएकाे छ । पाल्पा-२ मा उम्मेदवार भएका थिए । यस्तै जमानत पाल्पा-१ मा नेकपाका उम्मेदवार हुम सुनारीमगरको पनि जफत हुनेमा रहेका जिल्ला निर्वाचन कार्यालय पाल्पाका नासु विनोद घिमिरेले जानकारी दिए । 

पाल्पा १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगोएका छन् भने  ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यता पाल्पा–२ मा रास्वपाका उम्मेदवार मााधव थापासँग पराजित नेपाली काङ्ग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र एमालेका उम्मेदवार ठाकुर गैरेको पनि जमानत जोगोएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जानकरीले जानकारी गराएको छ । यस्तै पाल्पा क्षेत्र नं. २ मा पनि ३ जना उम्मेदवारले मात्र जमानत बचाएका छन् भने १३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कुल सदर मतकाे १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारकाे जमानत(धराैटी) रकम जफत हुने निर्वाचन कानुनमा व्यवस्था छ । पाल्पा-२ मा ५८ हजार १४० मत सदर भएकाे थियाे । त्यसकाे १०% ५ हजार ८१४ मत ल्याउनुपर्छ । उम्मेदवारले जमानतवापत १० हजार रूपियाँ राखेका थिए ।

advertisement_1676553851.gif