शनिबार, ३० फाल्गुन, २०८२

रसुवामा ६१.३९ प्रतिशत मतदान, मतपेटिका सङ्कलन जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

रसुवामा ६१.३९ प्रतिशत मतदान, मतपेटिका सङ्कलन जारी

२०८२ फागुन २१,  रसुवा । रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन्।जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा सदरमुकाम ल्याउने काम सुरु गरिएको हो ।

मतपेटिकाको सुरक्षाका लागि जिल्लामा तैनाथ नेपाली सेना श्रीश्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ ।

सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका ढुवानी कार्य अघि बढाइएको जनाइएको छ । भौगोलिक रूपमा विकट रहेको लाङ्टाङ क्षेत्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।

advertisement_1680627706.gif