राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २६ फाल्गुन, २०८२
२०८२ फागुन २६, सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ पनि हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सबै भन्दा वढी मत ल्याएको छ । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कुल सदर ८५हजार ३सय ८२ मत मध्ये ३२ हजार २ सय ३० मत ल्याएको हो ।
त्यसैगरी सुनसरी क्षेत्र नम्बर १ मा ३० हजार ३ सय ६९ मत ल्याउदै रास्वपा दोस्रो बन्यो भने नेकपा एमालेले ७ हजार ८७, नेपाली काँग्रेसले ४हजार ९ सय ९२ मत समानुपातिकमा पाउँदा नेपाली कम्युनिष्ट पार्टीले ३हजार ९ सय २८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४ सय ४८ मत ल्याएर छैठौं बढी मत ल्याउने पार्टी बन्न सफल भएको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा समानुपातिक तर्फ ८८ हजार ५ सय २ मत खसेकोमा ३ हजार १ सय २० मत बदर भएको हुँदा ८५ हजार ३ सय ८२ मत सदर भएको सुनसरी क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।