राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ फाल्गुन, २०८२
२०८२ फागुन २४, काठमाडौँ । प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५: ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३८ लाख ४९ हजार २८८ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली काँग्रेसले १३ लाख ०३ हजार ९९५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ४ हजार ११६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ६८ हजार ५१३ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६८ हजार ५७५ र श्रम संस्कृति पार्टीले दुइ लाख ७३ हजार ००६,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।