शनिबार, ३० फाल्गुन, २०८२

देशभर ४४ लाखभन्दा बढी मत खस्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

देशभर ४४ लाखभन्दा बढी मत खस्यो

२०८२ फागुन २१, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म ४४ लाखभन्दा बढी मतदाताले मताधिकार प्रयोग गरेका छन् ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया निरन्तर जारी छ । दिउँसो १ बजेसम्मको विवरण अनुसार कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ ।

प्रदेशगत विवरणमा काठमाडौँ उपत्यकामा सबैभन्दा उच्च मतदान दर देखिएको छ। उपलब्ध तथ्यांक अनुसार उपत्यकामा करिब ३६ प्रतिशत मत खसेको जनाइएको छ ।

advertisement_1676551646.gif