शनिबार, ३० फाल्गुन, २०८२

धादिङमा ५७.५३ प्रतिशत मत खस्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

धादिङमा ५७.५३ प्रतिशत मत खस्यो

२०८२ फागुन २१, धादिङ । धादिङमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५७.५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । 

निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल २ लाख ७५ हजार २ सय ८० मतदाता रहेकामा १ लाख ५८ हजार ३ सय ८४ मत खसेको छ । हाल मतपेटिका संकलन कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

advertisement_1676553908.gif