राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
दाँतमा समस्या देखिएपछि उनी नियमित परीक्षण तथा उपचारका लागि अस्पताल गएका हुन् ।
अध्यक्ष ओलीको सचिवालय प्रमुख निरुदेवी पालले ओली दाँतमा केही समस्या देखिएपछि अस्पताल पुगेको र हाल उपचार भइरहेको बताएकी छन् ।