आईतवार, २९ चैत्र, २०८२

एमाले नेता ठाकुर गैरेले दिए मतदातालाई धन्यवाद

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ चैत्र, २०८२

एमाले नेता ठाकुर गैरेले दिए मतदातालाई धन्यवाद

२०८२ चैत्र २२, काठमाडौं। नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर प्रसाद गैरेले आफ्ना मतदातालाई मत दिएकोमा धन्यवाद दिएका छन्।साथै उनले कार्यकर्तालाई अहिलेको जनमतलाई सम्मान गर्दै निराश र हतास हुने होइन अहिले धैर्यता राख्नुपरे समय रहेको बताएका छन्।

शनिवार पाल्पा काठमाडौँ सम्पर्क कमिटि अन्तर्गतको पाल्पा क्षेत्र न २ निर्वाचन परिचालन कमिटिले  राजधानीमा आयोजना गरेको निर्वाचन समिक्षा तथा धन्यवाद कार्यक्रममा पाल्पा  क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यका  उम्मेदवार समेत रहेका  नेता गैरेले यस्तो बिचार ब्यक्त गरेका हुन्।

उनले म पुरानो नभई नयाँ नै भए पनि आफुले मत नपाएको बताएका छन्।  उनले  भने " सबैले नयाँ  नयाँ भन्छन म नयाँ त हो नि कहाँ पुरानो हो र मैले पहिलो पटक टिकट पाएको त्यो पनि पुरा कार्यकाल काम गर्न पनि नपाउदै हट्नु पर्यो "।

पाल्पा क्षेत्र न २ निर्वाचन परिचालन कमिटिका  संयोजक कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा  अर्का केन्द्रिय सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार ठानेश्वर बस्याल, लगायत रामहरि शाही समुन्द्री ,लक्ष्मण अधिकारी ,तारा प्रसाद पाण्डे ,तेजकुमारी अधिकारीले बोलेका थिए।

नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य निल सारु,एमाले नेता तथा  संबिधान सभा सदस्य कुल प्रसाद नेपाल ,सेमन्तमणि खराल ,रामचन्द्र भण्डारी , ऋषि भुषाल ,डी आर पोखरेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन कृष्ण घिमिरेले गरेका थिए । 

advertisement_1676553851.gif