बिहीबार, २८ जेष्ठ, २०८३

अफसिजनमा सयपत्री फूलको मूल्य घट्दा धादिङका किसान फूलबारी निखार्न व्यस्त (तस्बिरहरु)

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ जेष्ठ, २०८३

अफसिजनमा सयपत्री फूलको मूल्य घट्दा धादिङका किसान फूलबारी निखार्न व्यस्त (तस्बिरहरु)

२०८३ जेष्ठ २३,धादिङ । धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन् ।

धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन् ।

किसानहरूका अनुसार दशैं–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरेपनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ । पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन् ।

दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङले सिजनमा व्यापारीहरू बारीमै आएर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरेपनि अहिले अवस्था फरक रहेको बताइन् ।

उनकाअनुसार अहिले फूल सिधै गाडीमार्फत काठमाडौँको कालिमाटी बजार पठाउनुपरेको छ ।

 

advertisement_1676551646.gif