सोमबार, १४ बैशाख, २०८३

इन्धनको मूल्यमा उच्च वृद्धि: काठमाडौंमा पेट्रोलको मूल्य लिटरकै २०२ रुपैयाँ पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ चैत्र, २०८२

इन्धनको मूल्यमा उच्च वृद्धि: काठमाडौंमा  पेट्रोलको मूल्य  लिटरकै  २०२  रुपैयाँ पुग्यो

२०८२ चैत्र १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ।चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ।

यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ।

मूल्य वृद्धि गरिए तापनि आयल निगमले आफ्नो वित्तीय अवस्था अझै चुनौतीपूर्ण रहेको बताएको छ। निगमका अनुसार यो मूल्य समायोजनपछि पनि संस्थालाई आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएका कारण समायोजन गर्नुपरेको हो, तर पनि निगमलाई हुने ठुलो घाटा अझै न्यून हुन सकेको छैन," निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र डलरको विनिमय दरका कारण नेपालमा इन्धनको मूल्य लगातार बढ्दै गएको छ। यसले बजारमा महँगी अझ बढ्ने सर्वसाधारणको चिन्ता छ।

advertisement_1680627706.gif