राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २४ फाल्गुन, २०७९
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका सबै जसो पहाडी भूभागमा आज वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन केहि प्रभावित भएको छ ।पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षा को कारणले आन्तरिक उडानमा केहि प्रभावित भएको बताइएको छ।