राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ३० फाल्गुन, २०८२
२०८२ फागुन ३०,काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको बताइएको छ ।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा अन्य ७ जना घाइते भएको समाचार प्राप्त भएको छ ।