राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ७ चैत्र, २०८२
२०८२ चैैैत्र ७, काठमाडौं । हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरिको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भएको छ ।
हाल विशेषगरी निम्न प्रदेशहरूमा वर्षा जारी रहेको छ जसमा लुम्बिनी र गण्डकी प्रदेश बागमती र मधेश प्रदेश कोशी प्रदेश रहेका छन् । महाशाखाका अनुसार यो मौसमी प्रणाली अहिले बिस्तारै पूर्वतर्फ सरिरहेको छ । जसका कारण सुदूरपश्चिम र कर्णालीमा मौसममा केही सुधार देखिए पनि पूर्वी र मध्य नेपालमा भने वर्षाको प्रभाव कायमै छ ।
असिना र हावाहुरीका कारण बालीनालीमा क्षति पुग्न सक्ने र मेघगर्जनसहितको वर्षाले यात्रामा असहजता निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आज साँझदेखि सुधारको संकेत
मौसमविद्हरूका अनुसार यो प्रणाली आज (शनिबार) बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना छ । "यो प्रणाली कमजोर हुने क्रममा रहेकाले भोलिदेखि मौसममा क्रमिक सुधार आउने देखिएको छ," महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
असिना र हावाहुरीका कारण बालीनालीमा क्षति पुग्न सक्ने र मेघगर्जनसहितको वर्षाले यात्रामा असहजता निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।