आईतवार, १० श्रावण, २०८३

थुना मुक्त भए फणीन्द्र नेपाल

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ असार, २०८३

थुना मुक्त भए  फणीन्द्र नेपाल

२०८३ असार ११, काठमाडौं । ग्रेटर नेपाल राष्ट्रिय अभियानका अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन्। चेक अनादर (चेक बाउन्स) मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७९ जेठ २५ गतेको आदेशअनुसार दुई वर्षको कैद सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएका नेपाल उच्च अदालतको आदेशपछि रिहा भएका हुन्।

युवराज खत्रीको जाहेरीका आधारमा दायर भएको उक्त मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जेठ २५ गते पक्राउ गरेको थियो। जिल्ला अदालतको फैसला चित्त नबुझेपछि नेपालले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउन आदेश दिएसँगै उनी कारागारमुक्त भएका हुन्।

advertisement_1676998982.gif