राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३ चैत्र, २०८२
२०८२ चैैैत्र ३, काठमाडौं । दार्चुलामा आज मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि, गत फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडको र फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।