मंगलवार, १७ असार, २०८२

हत्याको त कुरा छाड्नुस्, मैले एक जनालाई पिटेको पनि छैनः प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २९ चैत्र, २०८१

हत्याको त कुरा छाड्नुस्, मैले एक जनालाई पिटेको पनि छैनः प्रचण्ड

३० चैत्र २०८१, तनहुँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र विद्रोहको बारेमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ‘प्रचण्ड १७ हजारको हत्यारा’ भन्न थालिएको भन्दै आपत्ति जनाएका हुन् ।

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य एवं संविधान सभा सदस्य वरिष्ठ अधिवक्ता डा.खिमलाल देवकोटाद्वारा लिखित संक्रमणकालीन न्याय पुस्तक विमोचन तथा समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सबै जिम्मा माओवादीको मात्रै हो भनेजस्तो गरिएको अध्‍यक्ष प्रचण्‍डले बताए ।

उनले भने ‘मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने,’ उनले भने युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन ।’

उनले जोखिम उठाएर हतियार व्यवस्थापन र सेना समायोजन माओवादीले टुङ्गाएको भन्न केहिलाई कठिन भइरहेको उल्लेख गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंग सम्बन्धी बिधेयकलाई बहुमतका आधारमा टुङ्ग्याउन अन्य दलले राखेको प्रस्तावलाई आफुले अस्वीकार गर्दै सहमतिका आधारमा अघि बढाउने अडान लिएको उल्लेख गरे । अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धी ऐन बनिसकेको अवस्थामा शान्तिप्रक्रिया सुरक्षित स्थानमा पुगेको भन्दै प्रचण्डले यसमा मुख्य भूमिका माओवादीको रहेको दावी गरे ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनकै लागि सेना समायोजन गरेको र त्यसैका कारण आफ्नो पार्टी समेत विभाजन भएको उनको भनाइ थियो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif