मंगलवार, १७ असार, २०८२

कुशासनले प्रतिगमनलाई मौका दियो-प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२

कुशासनले प्रतिगमनलाई मौका दियो-प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताएका हुन् ।

उनले भने, ‘संविधानको रक्षाको पक्षमा उभिनेहरूसँग कार्यगत एकता वा तालमेल हुनसक्छ । तर, प्रतिगमनको नाममा भ्रष्टाचारलाई संरक्षण गर्ने र इमानदारमाथि कारबाही गर्ने कार्यहरूलाई समर्थन गर्न सकिन्न । तर अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमानदारहरुलाई कारवाही गर्ने सरकारबाट भएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनबिरुद्ध संघर्ष गर्दै गणतन्त्रको बिकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहो¥याउने जिम्मेवारी र चूनौति माओवादीको काँधमा रहेको उल्लेख गरे । उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।

उनले वर्तमान सरकार यथास्थितिवादी धाराको प्रतिनिधि बनेको र जनताको अधिकार खोस्ने दिशामा अघि बढिरहेको आरोप लगाए।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif