मंगलवार, १७ असार, २०८२

माओवादी केन्द्र अब हुने सबै निवार्चनमा एक्लै प्रतिस्पर्धा गर्ने: अध्यक्ष प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ आश्विन, २०८१

माओवादी केन्द्र अब हुने सबै निवार्चनमा एक्लै प्रतिस्पर्धा गर्ने: अध्यक्ष प्रचण्ड

काठमाडौँ, असोज १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

नेकपा माओवादी केन्द्र दोलखा -काठमाडौँ सम्पर्क- समन्वय समितिले आज आयोजना गरेको छलफलमा उनले विगतमा काँग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए । उनले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताए । जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif