राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ बैशाख, २०८२
२१ बैशाख २०८२, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भयो। बैठकले ‘मध्य पहाडी लोकमार्ग अभियान’ जेठ २ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ,' प्रचण्ड सचिवालयले भनेको छ ।
त्यस्तै बैठकमा तराई-मधेस जागरण अभियानको समीक्षा गरिएको थियो । झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग केन्द्रित अभियान सकिएसँगै अध्यक्ष प्रचण्ड नेतृत्वको पदाधिकारीहरूले समीक्षा गरेका थिए ।
उक्त अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीको दाबी छ । उक्त अभियान माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको छ । अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दछौं,' प्रचण्ड सचिवालयले जनाएको छ ।