राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० असार, २०८२
१० असार २०८२, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न। रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं । अझै गरिराखेको छु । रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ।’ अध्यक्ष प्रचण्डले भने ।
उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल समेत भएको बताए।