मंगलवार, १७ असार, २०८२

शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ बैशाख, २०८२

शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

२४ बैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन् ।

गए राति खुमलटारस्थित निवासकाे शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो ।

उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ ।   राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्ड इमर्जेन्सीमा भर्ना भएका थिए । प्रचण्डलाई न्यूराेलाेजिस्ट डा. बाबुराम पाेखरेलकाे टिमले उपचार गरेकाे थियाे।

उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif