मंगलवार, १७ असार, २०८२

आर्थिक बर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ जेष्ठ, २०८१

आर्थिक बर्ष  २०८१/०८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट सार्वजनिक

काठमाडौँ, जेठ १५ । आर्थिक वर्ष २०८१/०८२ का लागि  सरकारले  १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक वर्षको आय-व्ययको अनुमान विवरण पेश गरेका हुन्।

कूल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ अर्ब ६७ खर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

यो बजेट अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif